३१ लाख रुपैंयाँसहित दुई जना पक्राउ


९ जेष्ठ २०७६, बिहीबार

काठमाडौं, ९ जेठ । स्रोत नखुलेको ३१ लाख नेपाली रुपैंयाँसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौं महानगरपालिका–३१ बाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भक्तपुर जगाती बस्ने ५० वर्षीय राजभाई सञ्जु र झापा चारपाने घर भई हाल काठमाडौं सिनामंगल बस्ने ३३ वर्षीय अभिषेक सादा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा.१४ च ८९५९ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७