मोदीले भारी मतले जितेको भन्दै प्रचण्डको वधाइ


९ जेष्ठ २०७६, बिहीबार
Prachand pusopa kamak daha पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी र उनको पार्टी भारी मतका साथ विजयी भएको भन्दै बधाइ दिएका छन् ।

बिहीबार विहान शुरु भएको मतगणनाको नतिजा नआउँदै प्रचण्डले बधाइ दिएका हुन् । लोकसभा निर्वाचनको मतगणना अनुसार ५८३ स्थानमध्ये ३४६ स्थानमा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अग्रता लिएको छ ।

pra

तर प्रचण्डले भने भारी मतका साथ विजयी भएको भन्दै फेसबुकमार्फत बधाइ दिएका हुन् । यसअघि बिहीबार नै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीलाई बधाइ दिइसकेका छन् । भारत लोकसभा निर्वाचनको अधिकांश परिणाम आजै आइसक्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७