मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित, कहाँ–कहाँ ‘क्लिन स्विप’ को संकेत ?

लालु यादवको राष्ट्रिय जनता दलसहित केहि दललाई यो चुनाव ‘बिर्सन लायक’ बन्दै


९ जेष्ठ २०७६, बिहीबार
dodi dai

काठमाडौं, ९ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एक पटक प्रधानमन्त्री बन्ने सम्भावना बलियो बनेको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले लोकसभा निर्वाचनमा बहुमत स्थानमा जीत हात पार्ने देखिएको छ ।

मत गणनाको पछिल्लो नतिजामा भाजपा गठबन्धनले ३५० भन्दा बढी सिटमा अग्रता लिएको छ । योसँगै भाजपा नेता नरेन्द्र मोदी प्रचण्ड बहुमतका साथ फेरि प्रधानमन्त्री बन्ने निश्चितप्रायः भएको छ ।
निर्वाचनलाई प्रधानमन्त्री मोदीका लागि जनमत संग्रहकारुपमा समेत हेरिएको थियो । हिन्दू राष्ट्रवादी भाजपाको मुख्यालयमा समर्थकहरुले खुशीयाली मनाउन थालेका छन् ।

mod twe

‘युपीए’ १०० भन्दा कम सिटमा अगाडि
पछिल्लो मतगणनाअनुसार राहुल गान्धी अध्यक्ष रहेको भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपीए) १०० भन्दा कम सिटमा अगाडि देखिएको छ । ५४५ सदस्यीय लोकसभा सिटमध्ये ५४३ स्थानका लागि भएको निर्वाचनको मतगणता बिहीबार बिहानबाट शुरु भएको हो । लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ ।

विद्युतीय मेसिनमार्फत् मतगणना भइरहेको छ । निर्वाचन आयोगले चरणबद्धरुपमा परिणाम सार्वजनिक गरेकाले अन्तिम परिणाम आउन केही ढिलाइ हुने अनुमान गरिएको छ । गत अप्रिल ११ बाट शुरु भई मे १९ मा सकिएको निर्वाचन सात चरणमा भएको थियो । पाँच वर्षअघिको चुनावमा भाजपाले एक्लै २७२ स्थानसहित उसको गठबन्धनले ३३६ सिटमा जित हात पारेको थियो । कांग्रेस ४४ सिटमा सीमित भएको थियो ।

बिहीबार बिहान ८ बजे शुरु भएको मत गणनाको पछिल्लो अवस्थालाई हेर्ने हो भने भाजपा र ऊ नेतृत्वको गठबन्धनले उत्तरप्रदेश, बिहार, मध्यप्रदेश, राजस्थान, गुजरातलगायतका राज्यमा ‘क्लिन स्वीप’ गर्ने संकेत दिएको छ ।

यो अग्रता कायम रहे भाजपाले यसपटक पश्चिम बंगाल र पूर्वोत्तर भारतमा दह्रो उपस्थित देखाउने भएको छ । पाँच वर्षअघि पश्चिम बंगालको ४२ मध्ये २ सिट मात्र जितेको भाजपाले यस पटक भने त्यो आँकडा डेढ दर्जन नघाउने देखिएको छ । पार्टीको जित सुनिश्चित देखिएसँगै प्रधानमन्त्री मोदीले ‘भारतले फेरि एक पटक जित्यो’ भन्दै ट्वीट समेत गरेका छन् ।

सत्तारुढ दल भाजपा ऐतिहासिक सफलता उन्मुख रहेका बेला विपक्षी कांग्रेस र अन्य कतिपय क्षेत्रीय दलहरुले नमिठो पराजय व्यहोर्ने संकेत देखिएको छ । क्षेत्रीय दलहरुमध्ये पनि लालु यादवको राष्ट्रिय जनता दल, समाजवादी पार्टी, बहुजन समाज पार्टीका लागि यो चुनाव बिर्सनलायक हुने देखिएको छ । हालसम्मको मतगणनामा कंग्रेसका अध्यक्ष राहुल गान्धी स्वयं उत्तरप्रदेशको अमेठी लोकसभा सिटमा पछाडि चलिरहेका छन् । केरलाको वायनाडा सिटमा भने गान्धी अगाडि छन् ।

यसैगरी सलमान खुर्सिद, दिग्विजयसिंह, ज्योतिरआदित्य सिन्धियालगायत चर्चित राजनीतिक अनुहारहरु मतगणनाको प्रारम्भदेखि नै पछि परेका छन् । अन्तिम चरणको मतदान सकिएपछि सार्वजनिक भएका एग्जिट पोलहरुले पनि एनडिएले भारी बहुमत ल्याउने प्रक्षेपण गरेका थिए । यद्यपि विगतमा यस किसिमका एग्जिट पोलहरुको गलत साबित हुँदा विपक्षी दलहरुले ती प्रक्षेपणहरुलाई ठाडै नकारेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७