प्रधानमन्त्री भन्छन्, ‘शिक्षित पनि अशिक्षित जस्तै लाग्न थाल्यो’


९ जेष्ठ २०७६, बिहीबार
oli

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अव्यावहारिक शिक्षाका कारण शिक्षित वर्ग पनि अशिक्षित जस्तै लाग्न थालेको बताएका छन् ।

बिहीबार ‘हिसान’ ले काठमाडौंमा गरेको कार्यक्रममा उनले अव्यावहारिक शिक्षाका कारण शिक्षित जमातले पनि अशिक्षित जस्तो व्यवहार देखाउने गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले शिक्षालाई व्यापार नभई सेवाको भावबाट हेर्न सुझाव दिएका छन् ।

पछिल्लो समयमा सरकारले विश्वविद्यालयहरुमा हस्तक्षेप बढाइरहेको प्राध्यापकहरुले गुनासो गर्दै आइरहेका छन् । प्रधानमन्त्री ओलीले दिएको अभित्तव्यक्ति गुमाउरो शैलीमा विश्वविद्यालयहरुमाथि सरकारको हस्तक्षेप भन्ने अभिव्यक्तिको जवाफका रुपमा बुझ्न सकिन्थ्यो ।

उनले सार्वजनिक शिक्षालाई सशक्त बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा जोड दिएका छन् । प्रधानमन्त्री ओलीले सामुदायिक शिक्षाको गुणस्तर बढाउने सरकारको नीति रहेको समेत प्रस्ट पारेका छन् ।

उनले सर्वसुलभ शिक्षा अहिलेको आवश्यकता रहेकाले शिक्षामा मनपरी नचल्ने बताए । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै शिक्षालाई सर्वसुलभ बनाइने बताएका छन् ।

शिक्षामा व्यापारीकरण भए सरकारले नियन्त्रण गर्ने भन्दै उनले जीवनोपयोगी र सर्वसुलभ शिक्षा आवश्यक रहेको उल्लेख गरे । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ बिहीबारदेखि हिसान शैक्षिक मेला शुरु भएको हो । एसइई, कक्षा–११ र १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी मेलाको आयोजना गरिएको हो । मेलामा विभिन्न विद्यालयका स्टलहरु राखिएका छन् । मेला चार दिनसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७