प्रतिद्वन्द्वीलाई चार लाख भोटले उछिन्दै राहुल विजयी


९ जेष्ठ २०७६, बिहीबार
Rahul Gandhi at nepal 20180831092817

काठमाडौं, ९ जेठ । भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनावमा विजय हासिल गरेका छन् ।

दुई ठाउँबाट चुनाव उठेका गान्धीले मत गणना सकिएको केरलाबाट चुनाव जितेका हुन् भने उत्तर प्रदेशको अमेठीमा भने मतगणना जारी छ । गान्धीले केरलाको वायनाडमा चार लाख बढी भोटले प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टीका पीपी सुनिरलाई हराएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।

अमेठीमा भने गान्धी भारतीय जनता पार्टीकी उपाध्यक्ष स्मृति इरानीभन्दा आठ हजारभन्दा बढी मत पछाडि छन् । मत गणनाको नतिजा आज बेलुकीसम्म आइसक्ने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७