‘कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ को रिलिज मिति सार्वजनिक


९ जेष्ठ २०७६, बिहीबार
kirtipur3

काठमाडौं, ९ जेठ । चलचित्र ‘कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ ले रिलिज मिति सार्वजनिक गरेको छ ।

यही असार १३ गतेबाट देशव्यापी रुपमा चलचित्र प्रदर्शनमा आउने चलचित्र निर्माण पक्षले जानकारी दिएको छ । प्रदीप खड्गीले निर्देशन गरेको चलचित्रमा ‘रानी कीर्तिलक्ष्मी’ को सौर्य र साहसको कथा प्रस्तुत गरिएको छ ।

पृथ्वीनारायण शाहले उपत्यका जित्नुअघिको कथालाई ‘कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ प्रस्तुत गरिएको बताइएको छ । बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा फिल्म आधारित रहेको भनिएको चलचित्र बिशुद्ध नारी प्रधान चलचित्र भएको र तत्कालीन समयको प्ररिवेषलाई चलचित्रमा सामाबेश गर्न खोजिएको छ ।

वीरेन्द्र ताम्राकार, प्रेम खड्गी र अनन्त श्रेष्ठको लगानी रहेको चलचित्रमा यशराज गाराच, मदनदास श्रेष्ठ, लक्ष्मी गिरी, हिसिला महर्जन, विनोद श्रेष्ठ, सुरवीर पण्डितलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७