२१ सम्पादकले भने, ‘मिडिया काउन्सिल विधेयक संविधान र लोकतान्कित्र मूल्य-मान्यता विपरीत’


९ जेष्ठ २०७६, बिहीबार
mediya

काठमाडौं, ९ जेठ । नेपालका विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिन सुझाव दिएका छन् ।

mediya

बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै २१ जना सम्पादकहरूले विधेयक लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको मर्म विपरीत रहेको उल्लेख गर्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

सम्पादकहरू अखिलेश उपाध्याय, अनुप काफ्ले, अमित ढकाल, अरुण बराल, कसमस विश्वकर्मा, किरण नेपाल, कुन्द दीक्षित, कृष्णज्वाला देवकोटा, गुणराज लुइँटेल, दिलभूषण पाठक, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, युवराज घिमिरे, राजेन्द्र दाहाल, शिव गाउँले, सुधीर शर्मा, सुवास घिमिरे र हरिबहादुर थापाले वक्तव्य जारी गरेका हुन् ।

‘सरोकारवालाहरूसँग कुनै छलफल नगरी, प्रेसमाथि सरकार हावी हुने गरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन र सरोकारवालासँगको परामर्शमार्फत यो विषय सम्बोधन गर्न हामी सम्पादकहरु सरकारसँग माग गर्दछौं,’ वक्तव्यमा भनिएको छ ।

‘पत्रकारिताका नाममा देखिएका कतिपय विकृत र असंयमित अभ्यासप्रति हामी सचेत छौं । त्यस्ता विकृति सम्बोधन गरेर अघि बढ्नु पर्नेमा पनि हामी उत्तिकै प्रष्ट छौं,’ वक्तव्यमा भनिएको छ, ‘सरोकारवालाहरूसँग कुनै पूर्व छलफल नगरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक सरकारले फिर्ता लिन र सरोकारवालासँगको बृहत बहसमार्फत यो बिषय सम्बोधन गर्न सरकारसँग माग गर्दछौं ।’

सम्पादकहरूले नेपाल पत्रकार महासंघ तथा पत्रकारिता सम्वद्ध अन्य संस्था उक्त विधेयकको विरोधमा गरिएको ऐक्यवद्धता जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७