खहरे भेलले बगाउँदा एक बालिकाको मृत्यु


९ जेष्ठ २०७६, बिहीबार
child death 1

भोजपुर, ९ जेठ । भोजपुरको अरुण गाउँपालिका– ५ याकुमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

बिहीबार साँझ खहरेले बगाउँदा ६ वर्षीय सन्दीपा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आमासँग घर फर्कदै गरेकी सन्दीपाको वर्षापछि बढेको खहरे भेलले बगाउँदा मृत्यु भएको प्रहरीको भनाइ छ । बालिकाको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७