भारतीय लोकसभा चुनाव : मोदी र गान्धी दुबै विजयी


९ जेष्ठ २०७६, बिहीबार
rahul and modi collage

काठमाडौं, ९ जेठ । भारतीय लोकसभा चुनावको नतिजा अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी निर्वाचनमा विजयी भएका छन् ।

मोदीले उत्तर प्रदेशको वाणारसी र गान्धीले केरलाको वायनाडमाबाट चुनाव जितेका हुन् । अमेठीमा भने गान्धी भारतीय जनता पार्टीकी उपाध्यक्ष स्मृति इरानीभन्दा ८ हजारभन्दा बढी मत पछाडि छन् ।
विश्वकै सबैभन्दा ठूलो मानिने भारतीय लोकसभा निर्वाचन कूल ७ चरणमा गरिएको थियो । ५४२ सिटका लागि भएको चुनावको मतगणना बिहीबार बिहान ८ बजेबाट शुरु भएको हो ।

आज नै अधिकांश प्रदेशको मतपरिणम आइसक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । सन् २०१४ मा भाजपाले २८२ सिट जितेको थियो । सो समयमा भारतीय कांग्रेस केवल ४४ सिटमा खुम्चिएको थियो । यस पटकको चुनावमा मोदीको पार्टी प्रचण्ड वहुमतले विजयी हुने देखिएको छ । जसका कारण मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७