एन आई सी एशिया बैंक र भेनस हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले उपचारमा २५ प्रतिशत छुट पाउने


९ जेष्ठ २०७६, बिहीबार
Nice asia and Venus Hospital agreement

काठमाडौं, ९ जेठ । एनआईसी एशिया बैंक लिमिटेड र नोबेल हस्पिटल काठमाडौंबीच विभिन्न सेवा सुविधाहरुमा २५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा परिवार र आफन्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा २५% सम्मको छुट पाउने बैंक र अस्पतालका प्रतिनिधिहरुको संयुक्त छलफलपछि बुधबार सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापक सन्तोष कुमार राठी र नोबेल अस्पतालको तर्फबाट अस्पतालका निर्देशक श्री सन्तोषमणि न्यौपानेले संयुक्त हस्ताक्षर गरेका छन ।

दुईपक्षबीच सेवा सुविधामा सहज, सहुलियत गर्ने विषयमा सम्झौता भएको जनाउँदै बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डे हिजो एक विज्ञप्ती जारी गरेका छन ।

सूचना अधिकारी पाण्डेको विज्ञप्तिमा बैंकका कर्मचारी, सेवाग्राही र आफन्तहरुले त्यस्तो छुट सेवा पाउने जनाइएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको उक्त बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेक उनले जनाएका छन् ।साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बताइएको छ ।

बैंकले ग्रामिण क्षेत्रका नागरिकहरुको लागि समेत सहज रुपमा बैंकिङ सेवा पुर्याउनका लागि आफ्नो शाखा विस्तारको योजनालाई समेत तिब्र पारेको बताउँदै आएको छ । पछिल्लो समयमा एनआईसी एशिया बैंक दुर्गम क्षेत्रमा आफ्नो पहुँच विस्तारमा केन्द्रीत देखिन्छ ।

बैंकको मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ । भने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७