भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले दिए राजीनामा


९ जेष्ठ २०७६, बिहीबार
Rahul Gandhi at nepal 20180831092817

काठमाडौँ, ९ ज्येष्ठ । भारतीय काँग्रेसका अध्यक्ष पदबाट राहुल गान्धीले राजीनामा दिएको खबर बाहिरिएको छ । गान्धीले लोकसभा चुनावमा आफ्नो पार्टीले पराजय बेहोरेपछि अध्यक्ष पदबाट राजीनामा दिएको हो ।

Rahul Gandhi at nepal 20180831092817

गान्धीले राजीनामा दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाईसमेत दिएका छन् । राहुल गान्धीले पार्टीले पराजय ब्यहोरेपछि सोनिया गान्धीलाई राजीनामा बुझाएको भारतीय टेलिभिजन इन्डिया टिभीले प्रसारण गरेको छ । समाचार अनुसार सोनियाले राहुललाई अहिल्यै राजीनामा नदिन आग्रह गरेकी गरेकी छिन् ।

टिभीले भने स्रोतको हवाला गर्दै राहुलले अध्यक्षबाट राजीनामा दिएको दाबी गरेको छ । टेलिभिजनले समाचार संप्रेषण गरे पनि आधिकारिक रुपभा पुष्टि भने भैसकेको छैन । राहुलले पनि राजीनामा दिएको बारे बोलेका छैनन् । राहुलले आफ्नो र सीडब्ल्युसी काँग्रेस वार्किङ कमिटी’बिचको कुरा मात्र रहेको बताएका छन् ।

उत्तर प्रदेशको अमेठी र केरलाबाट दुई ठाउँ चुनाव लडेका गान्धीले केरलामा धेरै मतान्तरले चुनाव जितेका छन्, भने अमेठीमा पूरा मत परिणाम आउनु बाँकी रहेको छ । अमेठीमा पनि राहुलले प्रतिद्वन्द्वी भाजपाकी स्मृता इरानीसँग हार स्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७