२०७६ जेठ १० गते शुक्रबारको तपाईको राशिफल


१० जेष्ठ २०७६, शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्य सम्पादनमा सहजता मिल्ने छ । मित्रबाट विशेष सहयोग मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । रमाइलो यात्राको योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । घरायसी समस्या बढ्ने छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक तथा समाजसेवामा मन लाग्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । आँटेकोे र ताकेको कार्य पूरा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला । शिक्षामा वाधा आउने छ । मन विचलित रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
न्यायिक कार्यमा सफलता मिल्ने छ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोवारमा मन्दी आउने छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
बौद्धिक काममा सफलता मिल्ने छ । कला र गलाको प्रभाव बढ्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । आत्मिक सन्तुष्टि मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्ने छ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने छन् । बहुमूल्य वस्तु हात पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
स्वादिष्ट भोजन पाइने छ । नयाँ कार्यको योजना बन्ने छ । बित्तीय संस्थाबाट सहयोग पाइने छ । नयाँ कार्यको योजना बन्ने छ । बोलीको प्रभाब बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आश मारेको काम बन्ने छ । अरुको मन जित्न सकिने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पती हात पर्ने योग छ । सन्तान सुख मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
परिवारजनको साथले नयाँ आशा जगाउने छ । राजनीतिक कार्यमा सफलता मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । शुभ समाचार सुन्न पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७