दार्जिलिङबाट भाजपाका राजु विष्ट तीन लाख भोटले विजयी


१० जेष्ठ २०७६, शुक्रबार
Raju Bista BJP Darjeeling

काठमाडौं, १० जेठ । १७ औं लोकसभा चुनावमा दार्जि्लिंग लोकसभा समष्टिमा भारतीय जनता पार्टी (भाजपा) का उम्मेद्वार राजु विष्ट ३ लाखभन्दा बढी भोटले विजय भएका छन् ।

उनले पश्चिम बंगालका शासक दल तृणमूल कांग्रेसका उम्मेद्वार अमरसिंह राईलाई पराजित गरेका हुन् । दार्जिलिङ्ग लोकसभा समष्टिमा भाजपाको यो जित तेस्रो पटक हो ।

यसभन्दा अघि २००९ मा जसवंत सिंह अनि २०१४ मा एसएस अहलुवालियाले भाजपा उम्मेद्वारको रूपमा जितेका थिए । यसरी नै पश्चिम बंगाल विधानसभा आसनको निम्ति भएको दार्जिलिङ्ग विधानसभा समष्टिको चुनावमा पनि भाजपाका उम्मेद्वार नीरज जिम्बाले विजय हासिल गरेका छन् । जिम्बाले गोर्खा जनमुक्ति मोर्चाका उम्मेद्वार विनय तामाङलाई पराजित गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७