ललिता निवास प्रकरण : लाखमा किनेर करोडमा बिक्री


१० जेष्ठ २०७६, शुक्रबार
lalita niwas camp

काठमाडौं, १० जेठ । त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेको शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झण्डै एक करोडका दरले बेचेको भेटिएको छ ।

‘काठमाडौँ छिर्दा छिँडीको कोठामा निर्वाह गर्ने आर्थिक हैसियतका दुवै जना केही वर्षमै कान्तिपथको ५–७ रोपनीमा फैलिएको घरजग्गा आँट्ने हैसियतमा पुगेका थिए,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो उच्च स्रोतले भन्यो, ‘यो बीचमा उनीहरु अनेक छल, तिकडम, राजनीतिक पहुँच र प्रभावमा खेल्न थाले र सरकारी जग्गा हत्याए ।’

दुवै जना फरार छन् । उनीहरुसँग जोडिएका कतिपय सरकारी अधिकारी समेत अख्तियारको अनुसन्धान शुरु गरेपछि फरार छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७