कांग्रेसका हेभीवेटका महत र केसी फराकिलो मतले पछि(मतसहित)


२४ मंसिर २०७४, आईतवार
नुवाकोटमा कांग्रेसका हेभीवेटहरू रामशरण र अर्जुननरसिंह दुवै पछाडि4157

काठमाडौं: नुवाकोटका दुई प्रभावशाली कांग्रेस नेता फराकिलो मतान्तरले पछाडि परेका छन्।नुवाकोटमा कांग्रेसका हेभीवेटहरू रामशरण र अर्जुननरसिंह दुवै पछाडि4157

पटक–पटक अर्थमन्त्री भएका रामशरण महत नुवाकोट–१ मा लगातार पछि परिरहेका छन्। उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ३७६६ मतले पछाडि छन्।

निर्वाचन आयोगका अनुसार महतले ९४२५ मत ल्याएका छन् भने वाम गठबन्धन तर्फबाट माओवादी केन्द्रका हितबहादुर तामाङले १३१९१ मत ल्याएका छन्।

नुवाकोट–२ मा पनि कांग्रेसका अर्का प्रभावशाली नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसी साढे १० हजार मतले पछाडि परेका छन्।उनले २६३३५ मत ल्याएका छन् भने एमालेका नारायणप्रसाद खतिवडा ३६८९२ मत ल्याएर अगाडि छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७