निर्णय गरेको तीन वर्षपछि बल्ल कार्यालयको सुरसार


१० जेष्ठ २०७६, शुक्रबार
Medical college

काठमाडौं, १० जेठ । सरकारले तीन वर्षअघि सार्वजनिक गरेको बजेटमा सातै प्रदेशमा मेडिकल कलेज संचालन गर्ने निर्णय गर्‍यो । त्यसबेलाको बजेटमा पहिलो चरणमा बुटवल, बर्दिवास र सुर्खेतमा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गरेको थियो ।

निर्णय गरेको तीन वर्षपछि प्रदेशमा कार्यालय खुलेको छ । आर्थिक वर्ष २०७३–२०७४ को बजेटमा प्रदेश २ को बर्दिबास, प्रदेश ६ को सुर्खेत र प्रदेश ५ को बर्दिवासमा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको थियो । बिसं २०७६ सालमा बर्दिवासमा र बुटवलमा कार्यालय स्थापना भएको छ भने सुर्खेतमा कार्यालय समेत स्थापना भएको छैन ।

पछिल्लो समय युवा तथा खेलकुद मन्त्रालयको एउटा कोठामा सम्पर्क कार्यालय रहेको ती मेडिकल कलेजले ७ जना कर्मचारी नियुक्ति गरी सम्बन्धित जिल्लामा कार्यालय स्थापना गरेको छ ।
मन्त्रिपरिषदको गएको फागुन ३ को निर्णयअनुसार तीन प्रदेशमा मेडिकल कलेजको पूर्वाधार निर्माण विकास आयोजना कार्यालय स्थापना गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७