कर्मनासा क्षेत्रको सात रोपनी भूमाफियाको कब्जामा


१० जेष्ठ २०७६, शुक्रबार
housing silauti.

ललितपुर, १० जेठ । ललितपुरको हात्तिवनस्थित सिलौटेमा पर्ने कर्मनासा आसपासको ७ रोपनी जमिन भूमाफियाको कब्जामा परेको छ ।

जग्गा व्यवसायीले खोलाको जग्गा मिचेर प्लटिङ गरेर जग्गा बिक्री वितरण गर्न थालेसँगै खोलाको बहाब क्षेत्र साँघुरिनुका साथै खेतीयोग्य जमिन टुक्रा टुक्रामा खण्डीकरण भएको छ ।

२०२२ सालको नापी–नक्सा अनुसार खोला र खोला आसपासको सार्वजनिक जग्गा करिब ७ रोपनी रहेकामा पछिल्लो २०७० को नक्सा अनुसार त्यही जग्गा मुस्किलले ६ आना पनि छैन ।

जग्गा व्यवसायीले खोला र आसपासको जग्गा मिचेपछि खोलाको क्षेत्रफल खुम्चिएको छ । भने अन्य सार्वजनिक जग्गा पनि व्यक्तिको नाममा दर्ता भएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७