गर्मी लागेसँगै राजधानीमा सिक्री लुटेराको बिगबिगी


१० जेष्ठ २०७६, शुक्रबार
lutera 1

काठमाडौं, १० जेठ । धुम्बाराहीकी क्षेत्रमाया गुरुङ बाटोमा हिँड्दै थिइन् । गलामा लगाएको सिक्री कसैले झ्वाट्ट तान्यो । ‘चोर चोर’ भन्दा भन्दै सिक्री लुटेर भाग्यो ।

सोमबार साँझ मोटरसाइकलमा आएका दुई जना उनको साढे दुई तोलाको सिक्री थुतेर भागे । मंगलबार बानियाँटारस्थित जलपा चोकमा हिँडिरहेकी मीनाकुमारी गुरुङ पनि लुटिइन् । मोटरसाइकलमा आएका दुई जना उनको डेढ तोलाको सुनको लकेटसहितको सिक्री थुतेर भागे ।

गत चैत १३ गते बौद्ध टुसालमा याङ्जी शेर्पाको साढे दुई तोलाको सिक्री उसैगरी लुटियो । चैत दोस्रो सातादेखि डेढ महिनामा उपत्याकामा यस्ता नौ घटना भएका छन् ।

प्रहरीले अभियुक्तलाई भने पक्राउ गर्न सकेको छैन । गर्मी शुरु भएपछि सिक्री लुटेरा सल्बलाउने विश्लेषण प्रहरीको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७