३१ खर्वका ४१ परियोजनामा ७१ लगानी प्रस्ताव


१० जेष्ठ २०७६, शुक्रबार
Lagani sammelan TOGT7TzudM

काठमाडौं, १० जेठ । लगानी सम्मेलनको क्रममा लगानी बोर्डमा सोकेस गरिएका ३० सहित ४१ परियोजनामा लगानीका लागि ७१ प्रस्ताव परेको छ ।

चैत १५ र १६ मा काठमाडौँमा भएको लगानी सम्मेलनका क्रममा अघि सारिएका परियोजनाका लागि यो प्रस्ताव परेको हो। परियोजनाका लागि सुरुमा २० अप्रिलसम्म आवेदन दिन पाउने व्यवस्था रहेकोमा बोर्डले एक महिना थप गरेपछि यो अबधिमा यति प्रस्ताव परेको छ ।

सरकारले सरकारीतर्फ ५० परियोजना सोकेस गरेकोमा २३ अर्ब बराबरका ३० का लागि ६० आवेदन तथा शोकेस नगरिएका करिब ८ खर्ब बराबरका ११ परियोजनाका लागि ११ प्रस्ताव परेको लगानी बोर्डले जनाएको छ । ‘सोकेस गरिएको ५० परियोजनामध्ये ३० मा ६० आवेदन तथा शाकेस नगरिका ११ परियोजनामा ११ आवेदन परेको छ ।’

लगानी बोर्डका सह–सचिव तथा प्रवक्ता बलराम रिजालले भने ‘सोकेस गरिएका सबैभन्दा बढी चीनको २० र सोकेस नगरिएका ४ प्रस्ताव गरेको भने नेपालकै कम्पनीले पनि सोकेस नगरिएकोमा २ आवदन लगानीका लागि परेको छ ।’ कारोबार दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७