बेहुलाले जब मण्डपमै दाइजो मागे र बेहुली नलिई फर्किए


१० जेष्ठ २०७६, शुक्रबार
wedding

मोरङ, १० जेठ । मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन् ।

विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए । मागेको सामान नपाएपछि राजवंशी बेहुलीलाई मण्डपमा छोडेर हिंडेका थिए । जन्ती पनि उनीसँगै त्यत्तिकै फर्किएका थिए ।

बेहुली पक्षको उजुरीका आधारमा राजवंशीलाई जहदा–४ बाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । अभियुक्तविरुद्ध मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाहसम्बन्धी कसुरमा मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरिएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७