ग्वार्कोस्थित आकाशे पुलबाट ब्रिटिस लाहुरेले हाम फाले, घटनास्थलमै गयो ज्यान


१० जेष्ठ २०७६, शुक्रबार
hatya

काठमाडौं, १० जेठ । ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा नजिकको आकाशे पुलबाट एक ब्रिटिस लाहुरेले हाम फालेका छन् ।

ताप्लेजुङ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ६० वर्षीय कृतिमान राईले अस्पताल अगाडिको आकाशे पुलबाट हाम फालेर आत्महत्या गरेका हुन् । उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरीले डिप्रेसनको औषधि खाइरहेका राईले आत्महत्या गर्नुको कारण खुलिनसकेको बताएको छ । घटना बिहीबार अपरान्हको हो । उनको परिवारका सदस्य बेलायतमा बस्छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७