बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु


१० जेष्ठ २०७६, शुक्रबार
Bus accident दुर्घटना 1

सिरहा, १० जेठ । सिरहाको मिर्चैया नजिक मुख्य सडकखण्डमा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २५ जना घाइते भएका छन् । पूर्वबाट काठमाडौं आउँदै गरेको ना. ८ ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ३ ख ४२६४ नम्बरको ट्रक बिहीबार राति आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक दुवैको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७