नापी कार्यालय साँखुका सर्वेक्षकसहित दुई जना डेढ लाख घुससहित पक्राउ


१० जेष्ठ २०७६, शुक्रबार

काठमाडौं, १० जेठ । नापी कार्यालय साँखु काठमाडौंका नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसी डेढ लाख घुससहित पक्राउ परेका छन् ।

जग्गा हाल साविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई डेढ लाख घुससहित पक्राउ गरेको हो ।

घुस रकमसहित उनीहरुलाई बिहीबार कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७