भारतीय लोकसभा निर्वाचन : कुन बलिउड स्टारले जिते, कसले हारे ?


१० जेष्ठ २०७६, शुक्रबार
lok

काठमाडौं, १० जेठ । भारतको यस पटकको लोकसभा निर्वाचन धेरै कुराले चर्चामा रह्यो । लोकसभा निर्वाचनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारी मतसहित फेरि प्रधानमन्त्री बन्ने बाटो प्रशस्त भयो ।

hema
हेमा मालिनी

यस्तै सिक्किममा २५ वर्षदेखि एकछत्र राज गर्दै आएका पवन चाम्लिङ पराजित भए ।
कोहि लेबिब्रेटी उदाए भने कोही अस्ताए । यस पटकको लोकसभा चुनावमा भारतका धेरै स्टार कलाकार विभिन्न राजनीतिक दलबाट उम्मेद्वार थिए । तीमध्ये कतिपय कलाकारले आफूलाई अब्बल राजनीतिज्ञ सावित गर्दै चुनाव जितेका छन् भने कतिपयले हार व्यहोर्नु परेको छ ।

rabi
रवि किसन

उत्तर प्रदेशको मथुराबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेकी अभिनेत्री हेमा मालिनीले लोकसभा चुनावमा जित हासिल गरेकी छिन् । उनी अघिल्लो निर्वाचनमा पनि विजयी भएकी थिइन् । चुनावको केही समयअघि भाजपामा प्रवेश गरेका भोजपुरी अभिनेता रवि किशन पनि गोरखपुर क्षेत्रबाट निर्वाचित भएका छन् । उनले समावजादी पार्टीका रामभुआल निषाद र कांग्रेसका मधुसुदन त्रिपाठीलाई हराएका हुन् ।

आजमगढबाट उम्मेद्वार बनेका भोजपुरी फिल्म स्टार दिनेशलाल यादव (निरहुवा) समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग पराजित भएका छन् । निरहुवा भाजपाबाट उम्मेद्वार बनेका थिए ।

suny
शनि देवल

भाजपाका उम्मेद्वार अभिनेता सनी देवल पन्जावको गुरुदासपुर क्षेत्रबाट निर्वाचित भएका छन् । यसअघिका चुनावमा अभिनेता विनोद खन्नालाई भाजपाले यो क्षेत्रबाट उम्मेद्वार बनाउँदै आएको थियो ।

गायक हंसराज हंसले पनि भाजपाको तर्फबाट दिल्लीको उत्तर पश्चमी क्षेत्रबाट चुनाव जितेका छन् । यसअघि सो क्षेत्रबाट उदित राज भाजपाका सांसद थिए । उदित राज यसपटक भाजपाबाट टिकट नपाएपछि कांग्रेसमा प्रवेश गरेका थिए ।

भोजपुरी अभिनेता मनोज तिवारीले पनि भाजपाबाट चुनाव जितेका छन् । उनी उत्तरपूर्वी दिल्ली क्षेत्रबाट चुनाव लडेका थिए । तिवारीले कांग्रेस नेतृ दिल्लीकी पूर्वमुख्यमन्त्री शिला दीक्षितलाई हराएका छन् ।

अभिनेत्री जया प्रदा भने यस पटकको लोकसभा चुनावमा पराजित भएकी छिन् । समाजवादी पार्टीबाट भाजपा प्रवेश गरेकी जया समाजवादी पार्टीका आजम खानसँग पराजित भएकी हुन् । गायक तथा अभिनेता बाबुल सुप्रियो पश्चिम बंगालको आसनसोल क्षेत्रबाट निर्वाचित भएका छन् । भाजपाबाट चुनाव लडेका बाबुलले टिएमसीकी मुनमुन सेनलाई हराएका हुन् ।

japa
जयप्रदा

चुनावको केही समयअघि कांग्रेले अभिनेत्री उर्मिला मातोंडकरलाई उम्मेद्वार बनाएको थियो । चुनाव प्रचारका क्रममा दिएको अभिव्यक्तिका कारण विवादमा आएकी उर्मिला मुम्बई चुनाव क्षेत्रबाट पराजित भएकी हुन् ।

shingh
शत्रुघ्न सिंह

भाजपाबाट टिकट नपाएपछि कांग्रेसमा प्रवेश गरेका अभिनेता सत्रुघन सिन्हा पटना साबिह क्षेत्रबाट पराजित भएका छन् । उनी भाजपाका रविशंकर प्रसादसँग पराजित भएका हुन् । उनी अघिल्लो लोकसभा चुनावमा भाजपाबाट विजयी भएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७