विमानस्थलबाट करोडौं नक्कली भारूसहित युनुश अन्सारीसहित चार जना पक्राउ

रकमको मुचुल्का बनाइँदै


१० जेष्ठ २०७६, शुक्रबार
unus

काठमाडौं, १० जेठ । नक्कली करोडौं भारतीय रुपैंयाँसहित त्रिभुवन विमानस्थलबाट युनुश अन्सारीसहित चार जना पक्राउ परेका छन् ।

भारत जान लागेका उनलाई विशेष ब्यूरो र विमानस्थल प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा युनुश अन्सारी, नसरुद्दिन अन्सारीसहित ४ जना छन् । विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले नक्कली नोट बरामद भएको पुष्टि गरेका छन् ।

‘दुई वटा व्रिफ केशमा नोट बरामद भएको हो’, उनले भने, ‘गन्ने काम भइरहेको छ ।’ विमानस्थल प्रहरी स्रोतका अनुसार कतार एयरवेजमार्फत युनुससहित ३ जना काठमाडौं आएका थिए । उनी पहिला पनि नक्कली नोट काण्डमा जेल परेका थिए । पछि छुटेर फेरि उनी त्यही काम लागेको सूचना पाएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो ।

पाँच वर्षअघि अन्सारी ललितपुरको नख्खिपोटबाट समातिएका थिए । उनलाई कारागारभित्रै गोली हानिएको थियो । त्यसबेला उनी सामान्य घाइते भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७