दैलेखको पातल खोलामा ट्रक खस्यो, तीनको मृत्यु


१० जेष्ठ २०७६, शुक्रबार
Truck Trishuli River 1
सांकेतिक तस्विर

दैलेख, १० जेठ । कर्णाली राजमार्गअन्र्तगत दैलेखको गुराँस गाउँपालिका वडा नम्बर १ पातल खोलामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दैलेखबाट सुर्खेत जाँदै गरेको ट्रक सडकबाट करिब १ सय ५० मिटर तल खसेको हो । ट्रक पूर्णरुपमा जलेको अवस्थामा रहेको छ । दुर्घटनाका मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

दुर्घटनाको कारण बारे थाहा हुन सकेको छैन । घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको दैलेख जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७