दोश्रो सातामा पनि ‘जात्रै जात्रा’ को व्यापार उस्तै आक्रामक


१० जेष्ठ २०७६, शुक्रबार
jatra

काठमाडौं, १० जेठ । जेठको ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ को व्यापार दोश्रो सातामा पनि कमजोर भएको छैन । आजबाट दोश्रो सातामा प्रवेश गरेको यो चलचित्रलाई काठमाण्डौको सबैभन्दा ठूलो मानिएको क्यूएफक्सले विभिन्न चेनमा १९ शोज दिएको छ ।

दोश्रो सातामा पनि दर्शकको उपस्थिति उस्तै छ । चलचित्रका कार्यकारी निर्माता रविन्द्रसिंह बाँनिया भन्छन्, ‘चलचित्रले दोश्रो सातामा पनि दर्शकको उस्तै माया पाएको छ । चलचित्रको व्यापार शुक्रबार र शनिबार नै आक्रामक हुने देखिएको छ ।’

प्रदिप भट्टराई निर्देशित चलचित्रले पहिलो हप्ताका सातै दिन सुखद कमाई गरेको छ । चलचित्रले मोफसल र काठमाण्डौका मल्टिप्लेक्स हलमा आक्रामक व्यापार गरेको छ । यो चलचित्रको वर्ड अफ माउथ निकै नै राम्रो छ । यसैले पनि चलचित्रको व्यापार सुखद देखिएको हो ।

यो हप्ता पनि कुनै नयाँ नेपाली चलचित्र नभएकाले चलचिको व्यापारमा कुनै पनि प्रभाव नपरेको हो । विपिन कार्की, बर्षा राउत, रविन्द्र झा, रविन्द्रसिंह बाँनिया, दयाहाङ राई, राजाराम पौडेललगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको व्यापारले राम्रो चलचित्र बनाएको खण्डमा चल्छ भन्ने पुष्टि भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७