साढे तीन करोड बढी नक्कली भारुसहित युनिशसहित ६ जना विमानस्थलबाट पक्राउ


१० जेष्ठ २०७६, शुक्रबार
unus 1

काठमाडौं, १० जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन करोड बढी भारतीय नक्कली नोटसहित ६ जना पक्राउ परेका छन् ।

साढे तीन करोडभन्दा बढी रकमसहित शुक्रबार दिउँसो ६ जना पक्राउ परेको विमानस्थलका सुरक्षा प्रमुख सन्दिप भण्डारीले जानकारी दिएका छन् । कतारको दोहाबाट रकम लिएर आएका तीन पाकिस्तानी नागरिकसहित ६ जना पक्राउ परेका हुन् ।

पाकिस्तानी नागरिक नासिर उद्धिन, नादिया अनवर,महमद अक्तरलाई विमानस्थल प्रहरी र भन्सारले पक्राउ गरेको हो । रकम रिसिभ गर्न गएका अन्य तीन नेपालीलाई प्रहरीको विशेष व्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्ने नेपालीमा युनिश अन्सारी, सोयर खान र सुजन रानाभाट छन् । अहिलेसम्म दुई वटा सुटकेसमा ल्याएको रकम तीन करोड ६० लाख रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । युनिश यसअघि पनि नक्कली नोट कारोबारमा पक्राउ परेका व्यक्ति हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७