डिसेम्बरमा बरुण र नताशाको बिहे पक्का


१० जेष्ठ २०७६, शुक्रबार
varuna2

काठमाडौं, १० जेठ । बलिउड नायक बरुण धवन चलचित्रसँगै आफ्नो प्रेम जीवनका कारण पनि चर्चामा छन् । अझ पछिल्लो समय उनको बिबाहको कुराले मिडियामा धेरै स्थान पाइरहेको छ ।

बलिउड मिडियाका अनुसार उनीहरुले बिबाहको मिति पक्का गरिसकेका छन् । बरुण र नताशाको परिवार बसेर आगामी डिसेम्बरलाई बिबाहको मिति पक्का गरेका छन् । खबरका अनुसार उनीहरुले गोवाको समुन्द्री किनारामा बिबाह गर्ने तयारी गरिरहेका छन् । जहाँ दुई परिवार र बलिउडका केही कलाकारहरु मात्र उपस्थित हुनेछन् । बिबाहपछि उनीहरुले मुम्बाईमा रिसेप्सन पार्टी गर्नेछन् ।

हाल बरुण धवन चलचित्र ‘स्ट्रिट डान्सर ३’ को छायांकनमा व्यस्त छन् । यो चलचित्रमा बरुणले नायिका श्रद्धा कपुरसँग जोडी बाँधेका छन् । यो चलचित्रको छायांकनपश्चात् बरुणले ‘कुल्ली नम्बर १’ मा साराअली खानसँग रोमान्स गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७