परिवारका सदस्यले नै भोट नदिएपछि यी उम्मेद्वारले यसरी छाडे डाँको (भिडियोसहित)


१० जेष्ठ २०७६, शुक्रबार
neetushantra

काठमाडौं, १० जेठ । भारतको जालन्धर लोकसभा सिटमा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवारलाई परिवारकै सदस्यले भोट नदिएपछि डाँको छोडेर रोएका छन् ।

शटरवालाको नामले चर्चित निटु नाम गरेका व्यक्तिलाई परिवारले ९ सदस्यमध्ये ४ जनाले भोट नहालेको भन्दै सार्वजनिक रुपमै रोएका हुन् । उनले कुल ८४० भोट ल्याएका छन् । बिहीबार दिउँसो ३ बजेर ४५ मिनेटसम्मको अन्तिम परिणाममा केबल ८४० मत मात्रै निटुलाई प्राप्त भएपछि मतगणना केन्द्रमा आँखाभरी आँशु बनाउँदै उनले आफ्ना परिवारका सदस्यको बदमासी गरेको सुनाए ।

उनले आफ्नै घरका सदस्यले माता चिन्तपूर्णीको कसम खाएर पनि आफूलाई सबैले भोट नदिएको दुखेसो पोखे । जालन्धरको टान्डा सडकमा निटुको सटरको कारोबार छ । जालन्धर मात्रै नभएर आसपासको इलाकामा पनि निटु शटरावालाको नाममा चर्चित छन् । उनी चार वर्ष पहिले गणतन्त्र दिवसका दिनदेखि चर्चामा आएका थिए ।

गणतन्त्र दिवसमा निटुले एक शंकास्पद वस्तु फेला पारका थिए । त्यसपछि उनी चर्चामा आएका थिए । अब जालन्धर सहरमा कुनै भित्तो नहोला जहाँ निटु सटरवाला लेखिएको नहोस् । तर, यी प्रख्यात निटुका लागि बिहीबारको दिन पीडादायी बन्यो ।

निटुको होस तब उड्यो जब परिवारको भोट नै उनलाई सबै मिलेन । एक पटक जाँच गराएपछि आफ्ना परिवारबाट आफूलाई ४ भोट मात्रै खसेको थाहा पाएर उनी रोए । परिवारका जम्मा ९ मा उनलाई ५ भोट मात्रै आयो, बाँकी ४ भोट कता गयो केही पत्ता चलेन । ‘यो त सरासर बदमासी भयो’, निटुले भने, ‘राहुल गान्धी, नरेन्द्र मोदी हो या कोही अरु सबै एक से एक चोर हुन् । म कसम खान्छु अबदेखि कहिल्यै चुनाव लड्ने छैन ।’ एजेन्सी
हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७