विमानस्थलबाट पूर्वमन्त्रीका छोरासहित ६ जना नक्कली सात करोड ६७ लाख ९४ हजार भारुसहित पक्राउ

प्रहरीले सार्वजनिक गर्दा ‘मास्क’ लगाउन मानेनन् युनुशले


१० जेष्ठ २०७६, शुक्रबार
ansari

काठमाडौं, १० जेठ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेको रकम ७ करोड ६७ लाख ९४ हजार पुगेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरुका साथमा यो रकम फेला परेको हो । उनीहरुले दुई वटा सुटकेसमा रकम ल्याएका थिए । तीन जना पाकिस्तानी र तीन जना नेपाली विमानस्थलबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

unus 1

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार विदेशबाट आएका तीन जना पाकिस्तानी नागरिकलाई रिसिभ गर्न जाँदा थप तीन जना नेपाली पक्राउ परेका हुन् । कतार एरयवेजबाट तीन जना पाकिस्तानी दुई वटा सुटकेस बोेकेर विमानस्थलमा अवतरण गरेका थिए । पक्राउ पर्नेमा नेपाली नागरिक युनुश अन्सारी पनि छन् ।

युनुश यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबारमा पक्राउ परिसकेका व्यक्ति हुन् । अन्सारीमाथि केन्द्रीय कारागारमा रहँदा गोली प्रहार समेत भएको थियो । पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेशनल टेलिभिजनका सञ्चालक थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७