‘मन्द मन्द’ मा कसिस र नवीनको जोडी


१० जेष्ठ २०७६, शुक्रबार
kasis

काठमाडौं, १० जेठ । राजबहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्र ‘मन्द मन्द’ मा कसिस दाहाल र नवीन रेग्मी प्रमुख भूमिकामा देखिने भएका छन् ।

केही समयअघि नै कलाकारहरुमा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भईसकेका र मुख्य भूमिकाको लागि कलाकार छनौट प्रकृया भइरहेको थियो । अन्नत कसिस र नवीनले मुख्य कलाकारको जिम्मेवारी पाएका छन् ।

बैशाख तेश्रो सातादेखि सुटिङ शुरु भएको सस्पेन्स सोसियल ड्रामामा जुम्लाका बिभिन्न स्थानलाई पृष्ठभूमि बनाएर खिचिरहेको निर्माण पक्षले बताएको छ । टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको चलचित्र रुद्राक्ष फिल्मसको ब्यानरमा बनेको हो भने रुद्र खनाल कार्यकारी निर्माता रहेका छन् । चलचित्रलाई निर्देशक आफैले लेखेका हुन् भने दिब्यराज सुबेदीले छयाङ्कन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७