दुई करोड १० लाख ठगी आरोपमा घर-जग्गा कारोबारी महिला पक्राउ


१० जेष्ठ २०७६, शुक्रबार
thagi

काठमाडौं, १० जेठ । दुई करोड १० लाख रुपैंयाँ ठगी गरेको आरोपमा प्रहरीले जग्गा कारोबारी एक महिलालाई पक्राउ गरेको छ ।

रकम ठगीको आरोपमा घर जग्गा कारोबारी काभ्रेको रोशी गाउँपालिका–८ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका ९ बस्ने ३८ वर्षीया निलम गुरुङ (तामाङ, घिसिङ) लाई प्रहरीले पक्राउ गरेको हो ।

उनले साविकको सुन्तोल गाविस–३ मा रहेको एक कित्ता जग्गा देखाई सोही वडाको लप्सीफेदीको अर्को जग्गा अमिन समेत लगेर नापजाँच गराई एक करोड ५० लाखमा पास गराई ठगी गरेको पाइएको महानगरीय अपराध महाशाखाका प्रवक्ता डीएसपी केदार ढकालले जानकारी दिएका छन् ।

ठगिएको थाहा पाएपछि धन गौचनले दिएको जाहेरीको आधारमा बबरमहलबाट पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।

प्रहरी अनुसन्धानबाट उनले तुलसीप्रसाद देवकोटालाई इटहरीको १० कठ्ठा जग्गा मिलाई दिन्छु भनि ६० लाख ठगी गरेको समेत खुल्न आएको छ । साथै उनले अन्य मानिसलाई समेत ठगी गरेको हुनसक्ने भन्दै जानकारी दिन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७