वाड नंं ८ लाई बेलबारी नगरको मेयरकपको उपाधि (फाेटाेफिचर)


१० जेष्ठ २०७६, शुक्रबार
belbari football 10

बेलबारी, १० जेठ । बेलबारीमा जारी नगरपालिका अन्तर वाड स्तरीय नकआउट फुटबल प्रतियोगिता, दोस्रो मेयर कप २०७६ को उपाधि वाड नं. ८ ले जितेकोे छ । फाइनल खेलमा वाड नं. ८ ले वाड नं. १ लाई ट्राई ब्रेकरमा ३–२ गोलको अन्तरले हराउँदै दोस्रो मेयर कप २०७६ को विजयी भएको हो ।

‘जुट्छ, खेल्छ अनि अघि बढ्छ बेलबारी’ मुल नाराको साथ वैशाख ३० गते देखी सुरु भएको प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । पहिलो मेयकपमा उपाधि चुमेको १ नम्बरलाई ट्राईबेकरमा हराउँदै आठ नम्बर विजेता बनेको हो ।

फाइनल खेलमा दुवै वडाको खेलाडीले निर्धारित समयसम्म बराबरी गोल गरेपछि ट्राईवेकरमा वडा नम्बर ८ ले गत वर्षको विजेतालाई पछि पार्दै उपाधि चुमेको हो ।

खेलको ३१ मिनेटमा वाड नं. १ का खेलाडी रुपेस श्रेष्ठले गोल गरेका थिए भने वाड नं. ८ ले पहिलो हाफमा सम्म कुनै गोल गर्न सकेन । दोस्रो हाफको खेल भने वाड नं. ८को आक्रमक खेल रहेको थियो । वाड नं. ८ का खेलाडी अरुण लिम्बुले दोस्रो हाफको १७ मिनेटमा गोल गरे पछि खेल बराबरी भएको थियो ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । भने उपविजेताले नगद ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । खेलको मन फदी म्याच वाड नं. ९ का खेलाडी विक्रम लिम्बु घोषित भएका छन् ।

प्रतियोगिताको उदयमान खेलाडीमा वाड नं. ४ का खेलाडी शेखर लिम्बु, बढी गोल गर्नेमा वाड नं. ६ का खेलाडी जोन मगर, उत्कृष्ट गोल किपटमा वाड नं. ८ का खेलाडी छिरिङ तामाङ, उत्कृष्ट डिफेन्स सुरेन्द्र खवास, उत्कृष्ट मणि फिल्डरमा वाड नं. १ का खेलाडी विवेक पौडेल, उत्कृष्ट स्टाइकर आमोश मगर, उत्कृष्ट प्रशिक्षक वाड नं. ८ का सन्देश मगर र उत्कृष्ट खेलाडीमा अरुण मगर घोषित भएका छन् ।

बेलबारी ४ स्थित प्रस्तावित बेतना खेलमैदानमा भएको प्रतियोगिताको फाईन खेलमा ७ हजार भन्दा बढी खेल प्रमी दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो । विजेतालाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी र उप मेयर ढाका कुमारी पराजुलीले उपविजेतालाई पुरस्कार वितरण गरेका थिए ।

नगरपालिका अन्तर वाड स्तरीय नकआउट फुटबल प्रतियोगिताको समापन कार्यक्रम , दोस्रो मेयर कप २०७६ को संयोजक गजेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

तियोगिताको विजेताले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । भने उपविजेताले नगद ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । खेलको मन फदी म्याच वाड नं। ९ का खेलाडी विक्रम लिम्बु घोषित भएका छन् ।

प्रतियोगिताको उदयमान खेलाडीमा वाड नं. ४ का खेलाडी शेखर लिम्बु, बढी गोल गर्नेमा वाड नं. ६ का खेलाडी जोन मगर, उत्कृष्ट गोल किपटमा वाड नं. ८ का खेलाडी छिरिङ तामाङ, उत्कृष्ट डिफेन्स सुरेन्द्र खवास, उत्कृष्ट मणि फिल्डरमा वाड नं. १ का खेलाडी विवेक पौडेल, उत्कृष्ट स्टाइकर आमोश मगर, उत्कृष्ट प्रशिक्षक वाड नं. ८ का सन्देश मगर र उत्कृष्ट खेलाडीमा अरुण मगर घोषित भएका छन् ।

बेलबारी ४ स्थित प्रस्तावित बेतना खेलमैदानमा भएको प्रतियोगिताको फाईन खेलमा ७ हजार भन्दा बढी खेल प्रमी दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो । विजेतालाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी र उप मेयर ढाका कुमारी पराजुलीले उपविजेतालाई पुरस्कार वितरण गरेका थिए ।

नगरपालिका अन्तर वाड स्तरीय नकआउट फुटबल प्रतियोगिताको समापन कार्यक्रम , दोस्रो मेयर कप २०७६ को संयोजक गजेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७