अभिनेत्री सुमनलताले जितिन् स्वतन्त्र लडेर लोकसभा चुनाव, हराइन पूर्व मन्त्रीका नाती र मुख्यमन्त्रीका छोरालाई


१० जेष्ठ २०७६, शुक्रबार
sumanlatha1999

काठमाडौं, १० जेठ । भारतको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत पाउने पक्का भएको छ । यो र्विाचनमा कैयौं रेकर्ड बनेका छन् ।

यस्तै रेकर्ड नतिजा दक्षिण भारतमा आएको छ । दक्षिण भारतीय तथा हिन्दी गरी २२० भन्दा धेरै फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री सुमनलता अम्बरिशले ऐतिहासिक जीत हात पारेकी छिन् ।

उनको जीत यसकारण चर्चामा छ कि उनी निर्दलीय (स्वतन्त्र) उम्मेद्वार हुन् र उनले पूर्व प्रधानमन्त्रीका नाती तथा कर्नाटकका बहालवाला मुख्यमन्त्रीका छोरालाई चुनावमा हराइन् ।

कर्नाटकको मंड्याबाट स्वतन्त्र उम्मेदवार सुमनलताले पूर्व प्रधानमन्त्री एचडी देवेगौडाका नाती तथा बहालवाला मुख्यमन्त्री एचडी कुमारस्वामीका छोरा निखिल कुमारस्वामीलाई १ लाखभन्दा धेरै मत अन्तरले हराइन् ।

कन्नड फिल्म उद्योगका कैयौं स्टारहरुले उनलाई समर्थन गरेका थिए । यसरी समर्थन गर्ने सुपरस्टार दर्शन र यशलाई मुख्यमन्त्री कुमारस्वामीले फिल्मी करिअर समाप्त पारिदिने धम्की पनि दिएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७