अनमोल र सलिनमानले ब्रेक लिने


१० जेष्ठ २०७६, शुक्रबार
Anmol Pradeep Salinman and Paul

काठमाडैं, १० जेठ । नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ३’ मा काम गरेपछि अहिले मौन छन् । चलचित्रले व्यापारिक रुपमा बम्पर कारोबार गरेपछि अनमोलको स्टारडम उकासिएको छ ।

उनी अहिलेसम्म कुन चलचित्रमा काम गर्ने भन्ने दोधारमा पनि छन् । उनले, घरकै चलचित्रमा काम गर्न लागेको खबर पनि सार्वजनिक भईरहेका छन् । उनले चलचित्र ‘जात्रै जात्रा’ का निर्देशकले टिमअप गर्ने चर्चा पनि चलेको छ । अनमोलकै कुरा मान्ने हो भने पनि, उनको यो बर्ष कुनै पनि चलचित्र रिलिज नहुने पक्का छ । किनकी, अनमोलका अनुसार उनले दशैं अगाडि चलचित्र साइन गर्ने संभावना छैन । अनमोलले ‘क्याप्टेन र ए मेरो हजुर ३’ का लागि लामो समय दिदा आफू थाकेको बताउँदै पनि आएका छन् । यसैले पनि उनले आफू अहिले नेपालका विभिन्न गाउँगाउँ घुमिरहेको बताएका छन् ।

यता, चलचित्र ‘यात्रा’ को छायांकन र प्रचारमा व्यस्त रहँदा नायक सलिनमान बनियाँले पनि तत्काल नयाँ चलचित्र साइन गर्ने मुड बनाएका छैनन् । सलिनले पनि राम्रो कथा आएको खण्डमा गर्ने तर त्यो भन्दा अगाडि केही समय ब्रेक लिने बताएका छन् । उनले, यसलाई आरामको ब्रेक भनेका छन् । सलिनले अभिनय गरेको चलचित्र ‘यात्रा’ रिलिज भईसकेको छ । चलचित्रबाट सलिनले राम्रो प्रशंसा पनि पाएका छन् ।

अनमोल र सलिन राम्रो कथा नआएसम्म काम गर्ने मुडमा छैनन् । सम्भवत, यी दुबै चकलेटी नायकको यो बर्ष कुनै चलचित्र रिलिज हुने छैन । यता, गत बर्ष करिब ६ महिना भन्दा बढी समय चलचित्रमा काम नगरेका नायक पल शाह यो बर्ष केही व्यस्त हुने देखिएको छ । उनले अभिनय गरेको चलचित्र ‘वीर विक्रम २’ अहिले हलमा चलिरहेको छ ।

योसँगै उनी चलचित्र ‘हृदयभरि’ को छायांकनमा पनि व्यस्त छन् । यो चलचित्रलाई भदौको २७ गते रिलिज गर्ने तयारी गरिएको छ । गतबर्ष २ वटा चलचित्र असफल भएपछि केही तनावमा देखिएका नायक प्रदिप खड्का यो बर्ष पूर्ण रुपमा ‘प्रेमगीत ३’ का लागि समय दिइरहेका छन् । प्रदिपले अन्य चलचित्र छाडेर यही चलचित्रमाथि भरोसा गरेको देखिएको छ । चलचित्रको लोकेशन हन्टिङदेखि नायिकाको खोजीमा समेत उनी सक्रिय सहभागी छन् । तर, उनको यो बर्षको अन्तिम हप्ता मात्र चलचित्र रिलिज हुनेछ । प्रदिप खड्कालाई ‘प्रेमगीत ३’ बाट ठूलो आशा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७