कर्मचारीले राखे नयाँ बजेटमा तवल वृद्धिको यस्ता २५ बुंदे माग

काठमाडौं, १० जेठ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटको तयारीमा छ । अर्थमा रहेको आधिकारिक ट्रेड युनियनले आगामी आर्थिक वर्षको बजेटबाट तलब वृद्धिसँगै २५ बुँदे माग प्रस्तुत गरेको छ ।

आधिकारिक ट्रेड युनियन केन्द्रीय समितिमार्फत् अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाउन मागपत्र तयार गरिएको ट्रेड युनियनका एक नेताले जानकारी दिएका छन् । ट्रेड युनियनले आउँदो वर्ष सबैभन्दा थोरै तलब खाने कर्मचारीको तलब २५ हजार रुपैयाँ हुनुपर्ने उल्लेख गरेको छ । मुख्य सचिवको तलब त्यसको पाँच गुणा हुनुपर्ने माग युनियनले गरेको छ ।

यसैगरी निजामती कर्मचारीको मात्रै लगानीमा ५ सय मेगावाटसम्मको राष्ट्रसेवक हाइड्रो सञ्चालन गर्न पनि माग गरिएको छ । अहिले कर्मचारी सञ्चय कोषमा तलबको १० प्रतिशत कट्टी हुँदै आएकोमा त्यसलाई बढाएर थप २० प्रतिशत बनाउन पनि माग गरिएको छ ।

कर्मचारी युनियनले राष्ट्रसेवक रासन कार्ड लागू गर्न पनि माग गरेको छ । पर्यटन प्रवर्धननका लागि कर्मचारीलाई १५ दिनको तलबी बिदा दिनुपर्ने पनि माग गरिएको छ । सावधिक जीवन बीमांक अंक १० लाख पु¥याउनु पर्ने, भौगोलिक विकटताका आधारमा भत्ता दिइनु पर्नेलगायतका माग पनि उनीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Skip to toolbar