ढुङ्गाले किच्दा ६० वर्षीया महिलाको मृत्यु


१० जेष्ठ २०७६, शुक्रबार
death photo1

भोजपुर, १० जेठ । षडानन्द नगरपालिका–१४ बोयामा घाँस काट्न गएकी ६० वर्षीया सीता बुढाथोकीको डिल माथिबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ ।

ढुंगाले किचेर खुट्टा च्यापिदा गम्भीर घाइते भएकी बुढाथोकीको समयमा उद्धार गर्न नसक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले बताएको छ । ढुङ्गा प्रहरी र स्थानीयले मात्र हटाउन नसकेपछि स्काभेटरको सहायताले हटाइएको थियो । मृतक बुढाथोकीको शव पोस्टमार्टमका लागि संखुवासभा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७