मौलाउँदै पारिवारिक अपराध, आफन्त नै बन्दै हिंस्रक


११ जेष्ठ २०७६, शनिबार
murder1 Qr3TrpUVbv

दोलखा, ११ जेठ । प्रहरीका अनुसार आफ्नै परिवारका सदस्यबीच हत्याको क्रम बढ्दो छ । प्रायः परिवारभित्रैका हत्या घटनामा रक्सी र लागुऔषध सेवनको उन्माद प्रमुख कारण रहेको निष्कर्ष प्रहरीको छ ।

‘९० प्रतिशतभन्दा बढी घटना यसै कारण भएको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय दोलखाका मुद्दा शाखा प्रमुख सई यज्ञानन्द शाह भन्छन, ‘परिवारभित्रको वैमनश्य र झगडाले भित्रभित्रै उग्ररूप लिइरहेको छ ।’

बेमेल, वैदेशिक रोजगारी, व्यक्तिगत स्वार्थ, आर्थिक मामिलाले पनि परिवारभित्रै आपराधिक घटना हुने गरेका प्रहरी अधिकारी बताउँछन् । परिवारका सदस्यहरू एक अर्काको व्यक्तिगत चरित्रमा हावी हुन खोज्ने प्रवृत्तिका कारण समेत बेमेल र झगडा बढिरहेको देखिन्छ ।

दोलखामा पति–पत्नीले एक अर्काको चरित्रमाथि आशंका गर्दा त्यसले हत्या र आत्महत्यासम्म निम्त्याउने गरेको छ । प्रहरीको मुद्दा शाखाका अनुसार एकअर्काको चरित्रमा शंका गर्दा हुने झगडाले उग्ररूप लिँदा १० महिनामा दोलखामा तीन महिलाले पति र तीन पुरुषले पत्नीको हत्या गरेको देखिन्छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७