कूटनीतिक राहदानी खुकुलो बनाउने खेल


११ जेष्ठ २०७६, शनिबार
red passport uiaYpSsEKc

काठमाडौं, ११ जेठ । प्रतिनिधिसभाले कूटनीतिक राहदानी प्राप्ति र प्रयोगको प्रावधानलाई खुकुलो बनाउने प्रयास गरेको देखिएको छ । राष्ट्रपतिले राहदानी विधेयक फिर्ता गरिदिएपछि उक्त खुकुलोपन कायम रहने–नरहने प्रावधानबारे फेरि एक पटक निर्णय गर्नुपर्ने भएको छ ।

राष्ट्रिय सभाबाट पनि पारित भएपछि मात्रै पठाउनुपर्ने नियम मिच्दै प्रतिनिधिसभा एक्लैले पारित गरी राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि विधेयक पठाइएको थियो ।

राष्ट्रपतिले प्रमाणीकरण नगरी फिर्ता गर्नुका कारणमा कूटनीतिक राहदानीसँग सम्बन्धित विद्येयकको प्रावधान पनि रहेको स्रोतले बताएको छ । सांसदहरुबाटै कूटनीतिक राहदानीका वितरण र प्रयोगमा नियन्त्रित प्रावधानसहितको विद्येयक ल्याएको थियो ।

तर, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले त्यसलाई संसोधन गरी लचिलो बनाएको थियो , जसलाई राष्ट्रिय सभाको विधायन समितिले पनि चलाएनन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७