सांसदको ध्यान पैसातिर बढी


११ जेष्ठ २०७६, शनिबार
samsad 1

काठमाडौं, ११ जेठ । सांसदका सुझाव समेट्न केही दिनअघि अर्थमन्त्री डा. युवराज खतिवडाले गण्डकी प्रदेशका सांसदलाई मन्त्रालयमा बोलाए । प्रत्यक्ष निर्वाचित अधिकांश सांसदको सुझाव थियो, निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमको रकम ४ करोडबाट बढाएर १० करोड पुर्‍याउनु पर्‍यो ।

टाउको हल्लाउँदै अर्थमन्त्रीले सांसदको सुझाव नोट गरिरहेका बेला नेकपाकी नेतृ यशोदा सुवेदी गुरुङ भने कड्किइन् । ‘अर्थमन्त्री ज्यू, निर्वाचन क्षेत्र विकासको कार्यक्रम थप गर्ने त परै जाओस्, चार करोड दिने निर्णय गर्नुभयो भने म अदालत जान्छु ।’

प्रमुख सचेतक देव गुरुङकी पत्नी यशोदाको उक्त चेतावनीपछि बैठकमा सांसदबीच चर्काचर्की पर्‍यो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७