भारतको सुरतमा विशाल भवनमा आगलागी, मृत्यु हुनेको संख्या २१ पुग्यो


११ जेष्ठ २०७६, शनिबार
fair3641

काठमाडौं, ११ जेठ (एजेन्सी) । भारतको गुजरात राज्यको सुरतस्थित एक सपिङ कम्पलेक्सको कोचिङ सेन्टरमा आगलागी हुँदा मृत्यु हुनेको संख्या २१ पुगेकाे छ । सुरत नगर निगममा रहेको ३ तले भवनमा शुक्रबार अपराह्न आगलागी भएको हो ।

भवनको दोस्रो तलामा रहेको कोचिङ सेन्टरमा अचानक आगो सल्किएपछि विद्यार्थीहरुबीच भागाभाग मच्चिएको थियो । भवनको छतसमेत आगोको लप्काले ढाकेपछि विद्यार्थी र भवनका अन्य मानिस झ्यालबाट हाम्फालेका थिए । 


मृत्यु हुनेमा १८ जना महिला र ३ जना पुरुष रहेका छन्। ज्यान जानेमा १५ वर्षदेखि २२ वर्ष उमेर समुहका रहेका छन्। आगलागीबाट ११ जना गम्भिर घाइते भएका छन् । आगो लागेको सूचना पाएको आधा घण्टापछिमात्र त्यहाँ दमकल र फायर फाइटर पुगेको जनाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७