झापा ४ मा एमालेका एलपी साँवा भारी मतले विजयी


२४ मंसिर २०७४, आईतवार
एलपी साँवा लिम्बु

झापा: झापाका पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४ बाट एमालेका एलपी साँवा लिम्बुले पहिलो बिजयी खाता खोलेका छन् ।एलपी साँवा लिम्बु

आइतवार विहान सम्पन्न मतगणनामा एमालेका लिम्बुले कांग्रेसका देउकुमार थेबेलाई १७ हजार भन्दा बढीको फराकिलो अन्तरमा पराजित गरेका हुन् ।

एमालेका साँबाले ४३ हजार ५१५ मत प्राप्त गरी बिजयी हुँदा कांग्रेसका देउकुमार थेबेले २६ हजार ८२२ मत प्राप्त गरे । साँवा ०७० मा कांग्रेसका केशवकुमार बुढाथोकीसँग दुई सय भन्दा कम मतान्तरमा पराजित भएका थिए ।

प्रदेशसभा तर्फ पनि वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभातर्फ क्षेत्रनम्बर ४ ‘क’मा माओवादी केन्द्रका उम्मेदवार झलक बहादुर दर्लामी १७ हजार २५६ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किरण भट्टराई १२ हजार ४८१ मत पाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७