राजा वीरेन्द्रका एडिसी थापाको निधन


११ जेष्ठ २०७६, शनिबार
kin birendra

काठमाडौं, ११ जेठ । राजा वीरन्द्रका एडिसी नेपाली सेनाका अवकाश प्राप्त उपरथी ताराबहादुर थापाको ७४ वर्षको उमेरमा निधन भएको छ।

भारतको नयाँदिल्लीमा उपचारका क्रममा फोक्सोमा समस्या भएका कारण उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ। उनी वीरेन्द्रका प्रिय र निकट थिए।

उनको पार्थिव शरीर शनिबार नै काठमाडौं ल्याउने तयारी भइरहेको छ। पूर्वराजा ज्ञानेन्द्रले उनलाई थाइल्याण्डका लागि राजदूतको जिम्मेवारी दिएका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७