२०७६ जेठ १२ गते आइतबारको तपाईको राशिफल


१२ जेष्ठ २०७६, आईतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धार्मिक कार्यमा रुची बढ्ने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । शुभ समाचार सुन्न पाइने छ । भाग्यले विभिन्न अवसर जुराउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य सम्पादनमा सहजता मिल्ने छ । घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
न्यायिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । मनोरञ्जनमा सहभागिता भइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साहित्य तथा संगीतमा रुची बढ्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । धार्मिक तथा समाज सेवामा मन लाग्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । विद्या र बुद्धिको विकास हुनेछ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुभकार्यको चर्चा चल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य सम्पादनमा सहजता मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वस्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । मनमा शङ्का उत्पन्न हुनेछ । प्रेमी तथा प्रेमिकाका बीच खिन्नता बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
रोजगारको अवसर मिल्ने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । स्वादिष्ट भोजन पाइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । बन्न लागेको काम विग्रने छ । सामान हराउने वा नष्ट हुने योग छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७