चीनद्वारा नेपाली युवक पक्राउ, युवती बलात्कारपछि हत्या आरोप


१२ जेष्ठ २०७६, आईतवार
china flag map

काठमाडौं, १२ जेठ । चीनको पुराङ काउण्टीको ताक्लाकोटमा एक चिनियाँ युवतीको हत्या अभियोगमा नेपाली युवक पक्राउ परेका छन् ।

काम गर्ने सिलसिलामा ताक्लाकोट पुगेका हुम्लाका सर्केगार्ड गाउँपालिका–२ का तेजबहादुर फडेरालाई चिनियाँ युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा गत बिहीबार चिनियाँ प्रहरीले पक्राउ गरिएको हो ।

हाल ताक्लाकोटमा रहेका सिमकोट गाउँपालिका–२ का स्थानीयको भनाइ अनुसार ताक्लाकोटबाट प्रहरीले नियन्त्रण लिएर फडेरालाई तुन्चुउमा लगेको छ । चिनियाँ युवती हत्या भएपछि ताक्लाकोटमा रहेका नेपालीमाथि चिनियाँ प्रहरीले निगरानी राख्दै आएको थियो । हाल दुई हजार नेपाली कामको सिलसिलामा ताक्लाकोटमा रहेका छन् ।

युवतीको मृत्यु भए पनि भाषाका कारण चिनियाँ प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको औपचारिक जानकारी नआएको सीमा प्रहरी चौकी हिल्साका प्रहरी नायब निरीक्षक देउबहादुर चन्दले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७