८ अर्बको विकास ऋणपत्र जारी हुने


१२ जेष्ठ २०७६, आईतवार
money
सांकेतिक तस्वीर

काठमाडौं, १२ जेठ । राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । विकास ऋणपत्र आइतबार जारी गर्न लागिएको बैंकले जनाएको छ । यो १४ वर्षे अवधिको हुनेछ । १३ गते जारी मिति तोकिएको ऋणपत्रको परिपक्व २०९० जेठ १३ गते हुनेछ ।

ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्ने छन् । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाइन्छ । अर्धवार्षिक रूपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने उक्त ऋणपत्र खरिदका लागि प्रतिस्पर्धी र अप्रतिष्पर्धी समूहभित्र रहेर ऋणपत्र बिक्री गरिएको हो ।

प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलवालालार्ई निष्कासित रकमको ६ अर्ब ४० करोड (८० प्रतिशत) र एक ६० करोड (२० प्रतिशत) छुट्याइएको छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्जमार्फत हुनेछ ।

यसैबीच राष्ट्र बैंकले जेठ १३ गते ११ अर्ब रुपैयाँ बराबरको टे«जरी बिल जारी गर्ने भएको छ । बैंकले २८ दिने ३ अर्ब २५ करोडको ट्रेजरी बिल जारी गर्दैछ । यस्तै ९१ दिने अवधिको ५ अर्ब २३ करोड ३२ लाख, १ सय ८२ दिने अवधिको ६ अर्ब ४७ करोड र ३ सय ६४ दिने अवधिको ४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी हुनेछ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७