बार्सिलोनालाई हराउँदै भ्यालेन्सियालाई कोपा डेल रेको उपाधि


१२ जेष्ठ २०७६, आईतवार
valensiya

काठमाडौं, १२ जेठ । स्पेनिस घरेलु प्रतियोगितामा यो सिजन दोहोरो उपाधि जित्ने बार्सिलोनाको सपना भ्यालेन्सियाले तुहाएको छ ।

ला लिगापछि कोपा डेल रे को उपाधि जित्ने लक्ष्यमा रहेको बार्सिलोनालाई भ्यालेन्सियाले हराएको हो । निकै रोमाञ्चक बनेको फाइनलमा भ्यालेन्सियाले बार्सिलोनालाई दुई एक गोल अन्तरले हरायो ।

valensiya 2

खेलको २१ औं मिनेटमा केभिन गामिरीयोले गोल गर्दै भ्यालेन्सियाले खेलमा अग्रता बनायो । त्यसपछि ३३ औं मिनेटमा रोद्रिगोको गोलमार्फत भ्यालेन्सियाले खेल दुई शून्यले अगाडि राख्यो ।

valensiya messi

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको भ्यालेन्सिया विरुद्ध दोस्रो हाफमा बार्सिलोनाले आक्रामक फुटबल खेलेको थियो । ७३ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अन्तर २–१ मा झारेका थिए ।

मेस्सीको भ्यालेन्सियाविरुद्ध यो २८ औं गोल हो । तर त्यसपछि स्टार खेलाडीले भरिएको बार्सिलोना खेलमा फर्कन सकेन र च्याम्पियन्स लिगमा लिभरपुलसँग ब्यहोरेको हारको मलम यो खेलबाट लगाउने लक्ष्यमा चुक्न पुग्यो ।

valensiya 3

यो जितले भ्यालेन्सियाले बार्सिलोनाविरुद्ध लगातार २० खेलको हारको श्रृंखलामा पूर्णविराम लगाएको छ । साथै उसले २००८ पछि पहिलो पटक कोपाको उपाधि जितेको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७