बायर्न म्युनिखलाई १२ औं पटक घरेलु प्रतियोगितामा दोहारो उपाधि


१२ जेष्ठ २०७६, आईतवार
bayern

काठमाडौं, १२ जेठ । बायर्न म्युनिखले घरेलु फुटबल प्रतियोगितामा १२ औं पटक दोहोरो उपाधि जितेको छ । बुन्डेस लिगाको उपाधि जितिसकेको बायर्नले शनिबार राति जर्मन कपको उपाधि जितेको हो ।

बर्लिनमा भएको फाइनलमा आरबी लेइपजिङलाई तीन शून्यले हराउँदै बायर्नले जर्मन कपको उपाधि उचाल्यो । एकतर्फी बनेको फाइनलमा जित दिलाउन बायर्नका लागि रोबेर्ट लेवान्दोस्कीले दुई गोल गरे । खेलको २९ औं मिनेटमा रोबेर्ट लेवान्दोस्कीले गोल गर्दै अग्रता दिलाए ।

b

पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्यनले ७८ औं मिनेटमा कोमनको गोल मार्फत खेलमा दुई शून्यले अगाडी रह्यो । त्यसपछि ८५ औं मिनेटमा पुनः लेवान्दोस्कीले नै बार्यनका लागि तेस्रो गोल गरे ।

bayern 3

यता लेइपजिङले पनि केहि गोलका सुन्दर अवसर पाए पनि बार्यनका गोलकिपर मानुयल नुयर बाधक बने । यसका साथै यो सिजनपछि बार्यनबाट बाहिरीने तयारीमा रहेका आर्यन रोवेन र फ्रांक रिवेरीको बिदाइ पनि सुखद भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७