एक राहत शिक्षकको भरमा पाँच वटा कक्षाका ८१ विद्यार्थी


१२ जेष्ठ २०७६, आईतवार
teacher

सिन्धुली, १२ जेठ । हरिहरपुरगढी गाउँपालिका–१ जितपुरडाँडास्थित जीवनज्योति प्राथमिक विद्यालय एकजना राहत शिक्षकको भरमा चलेको छ ।

प्रधानध्यापक गोपालसिंह थिङले एक्लै पालैपालो सबै कक्षामा पढाउँदा एउटा कक्षाका विद्यार्थीलाई दिनमा एक पिरियड मात्रै पढाउने गरेका छन् ।

‘एक जनाले पाँच वटा कक्षा कोठामा पढाउनु पर्ने अवस्था छ । दिनमा एक कक्षा कोठामा एक घण्टी मात्र जान भ्याइन्छ । अन्य समय विद्यार्थीलाई पढ्दै गर, फलानो पाठ पढ भन्नुको विकल्प छैन’ उनले भने ।

विद्यालयमा ९० जना विद्यार्थी छन् । नौ जना बालविकास कक्षामा अध्ययनरत छन् भने एकदेखि पाँच कक्षासम्म ८१ विद्यार्थी छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७